आज :

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिनको औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् ।

शनिबार दिउँसो ४ः४५ बजे नेपाल आएका राष्ट्रपति सी नेपालका राष्ट्राध्यक्ष, कार्यकारी प्रमुख र सत्तारुढ दल नेकपासहित विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तथा छलफलपछि आइतबार अपरान्ह फर्किएका हुन् ।

राष्ट्रपति सीको भ्रमणमा नेपाल र चीनबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकासहित सरकारी निकाय सम्बन्धित १८ बुँदे सहमझदारी पत्र तथा २ बुँदे लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति सीको दुई दिने नेपाल भ्रमण अत्यन्तै उत्साहजक र उपलब्धिमूलक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal