आज :

नेपाल चीनबीच दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा दुवै देशका परराष्ट्र मन्त्री र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुले समझदारी पत्र आदान प्रदान गरे ।

नेपालले प्राथमिकता साथ उठाएको हिमालय वारपार सम्पर्क सञ्जाल निर्माण सम्बन्धमा समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्पर्क सञ्जालबारे अध्ययन गर्न नेपाल र चीनबीच संयन्त्र गठन गर्ने सहमति गरेको छ ।

त्यसैगरी, सुरुङ मार्ग निर्माण, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण लगायतको विषय समेटिएको छुट्छाछुट्टै समझदारी पत्रमा हस्ताक्षरपछि आदान प्रदान भएको हो । दुई देशबीच बुटवल-सियान र काठमाडौं तथा चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्र आदानप्रदान अघि भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गरेका हुन् ।

वार्ताको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले सम्बोधन गरे लगत्तै चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरेपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश पाएको थियो । काठमाडौंको होटेल सोल्टीमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देशक उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal