आज :

जापानमा ६० वर्षकै शक्तिशाली आँधी, यस्तो क्षतिको अवस्था 

काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आएको छ । भारी बर्षा र शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आँधीका कारण झण्डै एक सय जना संख्यामा घाइते भएका छन् ।

राजधानी टोकियोसहित विभिन्न शहरलाई आँधीले तहसनहस बनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधीले असर पार्ने भन्दै ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ ।

हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।

पूर्वतर्फ लागिरहेको उक्त आँधीले गर्दा २ लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal