आज :

राष्ट्रपति सी भ्रमणः द्विपक्षीय वार्ता सुरु

काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता सुरु भएको छ । दुईदिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसहित चिनियाँ उच्च अधिकारी र नेपाली टोलीबीच बार्ता सुरु भएको हो । नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

बार्ता सोल्टी होटलमा जारी छ । वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।

यसअघि राष्ट्रपति सीले (नेकपा) नेताहरुलाई सामुहिक भेटेका थिए ।

राष्ट्रपति सीसँग भेट्न (नेकपा) अध्यक्ष प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरू होटल सोल्टी पुगेका थिए । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी आजै १ बजे स्वदेश फिर्ता हुनेछन् ।

शनिबार नै सीले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal