आज :

राष्ट्रपति सी सुरक्षा घेराबीच सोल्टी होटल पुगे

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटल सोल्टी पुगेका छन् । विमानस्थलबाटै कडा सुरक्षा घेराबीच सी सोल्टी पुगेका हुन् ।

यसअघि विमानस्थलमा राष्ट्रपति सीलाई नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

एयर चाइनाको विशेष विमानमार्फत सी विमानस्थल पुग्नासाथ भव्य स्वागत गरिइएको थियो । स्वागत समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् ।

अब केही समयको आ आरामपछि राष्ट्रपति सीले राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

विमानस्थलदेखि सोल्टी पुग्नेबेला सम्म सडक छेउबाट नागरिकहरुले हात हल्लाएर सीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal