आज :

चिनियाँ राष्ट्रपति सी आज आउँदै, ११ घण्टा काठमाडौंमा रहने 

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणको क्रममा आज दिउँसो काठमाडौं पुग्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सीले नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँन लागेका हुन् ।

दुई दशकपछि चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमणलाई चर्चा र चाँसोको साथ हेरिएको छ । ठ्याक्कै समय नतोकिएपनि राष्ट्रपति आज (शनिबार) बेलुकी ५ बजेदेखि ५ः ३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लि सक्ने बताइएको छ ।

राष्ट्रपति सीको बस्ने व्यवस्था होटल सोल्टीमा गरिएको छ । त्यहाँ केही समय आराम गरेपछि सी राष्ट्रपतिले६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा गएर भेटवार्ता गर्नेछन् ।

सीको सम्मानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले ७ः३० बजे रात्रिभोजको आयोजना गर्ने र सो भोजमा सी सहभागी हुनेछन् ।

आइतबार बिहान १०ः३० बाजबाट सीले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिने बताइएको छ । त्यसअगाडि विहानैबाट विभिन्न तहमा भेटवार्ता सुरु हुने अनुमान गरिएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि उच्च राजनीतिक भेटवार्ता हुनेछ । सीसँग सत्तारुढ (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति सीले भ्रमण सकेर नेपाली समयअनुसार दिउँसो १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सीको भ्रमणको क्रममा चीनले सुरक्षा चासोसँगै बेल्ट एन्ड रोड (बीआरआई) लाई प्राथमिकता दिनेछ भने नेपाली पक्षले भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्नेछ । नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवम् लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदा तयार गरेको हो ।

त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी गरिएको छ । यो नेपाल र चीन जोड्ने दोस्रो राजमार्गको हो । नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका(मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने सम्झौतामा पनि समझदारी गर्ने नेपाल सरकारले तयारी गरेको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ । सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिएर यस भ्रमणको सदुपयोग गर्न लागेको देखिएको छ ।

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको यो भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal