आज :

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई

काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक्त पुरस्कार दिन लागेको हो ।

कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

नर्बेजियाली नोबेल इस्टिच्यूटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।

इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षका छन् । गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढाउन प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकाँक्षी योजना अघि सारेका छन्, र त्यसले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal