आज :

अपडेट…मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाको सनाखत (घाइतेको नाम सहित)

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका-१२ भोटसिपास्थित बडहरे चोक नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका-९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नं.को बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५० जना भन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताएका छन् ।

सनाखत

प्रदेश नं.३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका छन् ।  हेलिकप्टर लिएर घटनास्थल पुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये ५ जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती-९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका-१० का रितेश आचार्य रहेका छन् ।

छतमासमेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरीको भनाइ छ । कच्ची सडक र यात्रु बढी भएकाले सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

घाइतेहरु 

सुनिता तामाङ
आरती दुलाल
माकुरी कुँवर
चमेली कुँवर
तुलसा दंगाल
रोमन सुवाल
रोहन सुवाल
राकीसिकी सुवाल
विक्रम थापा
मदन वि.क
विरबहादुर तामाङ
कृष्णकुमारी भट्टराई
जनकबाहादुर राना
ईन्दमणि नेपाल
मन्दिरा कुँवर
प्रभा राई
शर्मीला भटराई
रुपा भटराई
हेमराज घिमिरे
रत्न बा.श्रेष्ठ
मदन वि.क
भतm बा.पुर्कुटी
बाटुली रम्तेल
रमा रोक्का
रोमन थापा मगर
राजकुमार बिशुखे
देबमाया रम्तेल
रत्न बाहादुर श्रेष्ठ
आर्यन श्रेष्ठ
रमानन्द प्र.गुप्ता
मर्जु रम्तेल
सुष्मा विशुखे
रेशम बाहादुर सापकोटा
राम कुमार थापा
दीपु श्रेष्ठ
विनिता पुर्कुटी
राम ब. रम्तेल
रवी रोक्का
विमल मगर
बेलकुमारी पुर्कुटी
ईश्वर तामाङ
सविता दंगाल
सुभास अधिकारी
मीना मगर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal