आज :

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो, सबै यात्रु घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

दशैं मनाएर काठमाडौं फर्किने यात्रुले खचाखच भरिएको बसका सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ ।

बस सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको थियो । शुक्रबार विहान ९ः५५ मा बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटनामा भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र बाँकी १ जनाको बाटोमा र ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने पाँचजनाको बाहेक अरुको पहिचान खुलेको छैन ।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको सडकबाट ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal