आज :

दुर्घटनामा १ को मृत्यु, २ जना घाइते

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहँुको बन्दीपुर गाउँपालिका-५ याम्पामा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ जादै गरेको बा १८ च ५३१६ नं.को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३-००-०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका-११ बस्ने ३० वर्षिय शोभा धितालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षिय सुरज धिताल र ९ वर्षिय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो ।

उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal