आज :

दशैंको टिकाको रमझमको बेला राकेशले श्रीमती र छोरीको हत्यार गरेर आत्महत्या गरे, यस्तो छ कारण 

काठमाडौं । सबैतिर दशैंको टीका चलिरहेको थियो । तर राकेश शर्माको घरमा भने सुनसान थियो । दशैंको टीका लगाउन छोडेर राकेशले श्रीमती र छोरीको हत्या मात्रै गरेनन् आत्महत्या समेत गरे ।

सुनसरीको इटहरी-१७ मा मंगलबार राकेशसहित श्रीमती र छोरी मृत भेटिएका छन् । प्रहरीका अनुसार राकेश झुन्डिएको अवस्थामा फेला थिए भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानले राकेशले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएर आत्महत्या गरेका हुन् । राकेशलाई उपचारको लागि धरान पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

आफन्तले राकेशको कोठामा लासलाई बेर्न कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा श्रीमती पुनमको लास भेटिएको थियो भने ६ वर्षकी छोरी स्वस्तीकाको लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको थियो । श्रीमतीको टाउकोमा प्रहार गरेको र छोरीको टाउको लुलो अवस्थामा रहेकोले मुन्टो बटारेर मारेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

छिमेकीका अनुसार राकेश र पुनमको लामो समयदेखि विवाद रहँदै आएको भने पनि पछिल्लो समय राम्रो बनेको थियो । तर दशैंमा अभावबीच फेरि विवाद भए हुन सक्ने र त्यही झोकमा राकेशले आमा छोरीको हत्या गरेर आत्महत्या गरेका हुन सक्ने अनुमान गरिएको छ ।

राकेशका अन्य दुई छोराछोरी हजुरबासँग बस्ने भएकोले बचेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal