आज :

सेल्फी खिच्ने क्रममा नवविवाहित दुलहीसहित ४ जनाको मृत्यु

काठमाडौं । सेल्फी मोहले नवविवाहित दुलहीसँगै तीनाले ज्यान गएको छ । यो घटना भारतको हो । भारतको दक्षिण राज्य तमिलनाडुमा फेल्फी खिच्ने क्रममा एक नवविवाहित महिलासँगै दुलाहकी बहिनी र आफन्तले ज्यान गुमाएका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार विवाह पछि घुम्न जाँदा उनिहरुले एकापसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेका थिए । तर, नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए भने बाँकी सबै डुबेका बताइएको छ । उनीहरु सबैको मृत्यु भएको प्रहरीले बताएको छ ।

कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथमा अन्य तीन किशोर–किशोरी पनि थिए । सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ ।

सेल्फीबाट दुर्घटना हुने भारत विश्वकै पहिलो देश हो । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी खिच्दा ज्यान गुमाउने २५९ मध्ये आधा भारतीय नागरिक रहेको तथ्यांकहरुले देखाएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal