आज :

रोटेपानी खोलामा पहिरो, ३७ घर परिवार उच्च जोखिममा

विनायक । अछामको पञ्चदेवल विनायक नगरपालिकाको एक बस्ती पूरै पहिरोको जोखिममा परेको छ । नगरपालिकाको वडा नम्बर २ धाउखाने, कोट र आउजिबाडाका ३७ घरपरिवार पहिरोको उच्च जोखिमा छन् ।

स्थानीयका अनुसार धाउखानेमा २२, कोटमा १० र आउजुबाडामा ५ घर परिवार बसोबास गरिरहेका छन् । यी बस्तीको बीचमा रहेको रोटेपानी खोलामा बिगत १५ वर्षदेखि पहिरो लागिरहेको छ । उक्त पहिरोको कारण पूरै बस्ती जोखिमा परेको हो ।

स्थानीयबासी दिलिपसिंह बिकका अनुसार वर्ष हुनसाथ रातभर जागराम बस्छन् । कतिखेर पहिरोले लिने हो भन्ने चिन्ताले स्थानीयलाई सचाउने गरेको छ । तर, पहिरो नियन्त्रण वा बस्ती सुरक्षित स्थान सार्नेबारे सुरक्षित स्थानमा सार्नेबारे सम्बन्धित निकायमा कुनै छलफल नै भएको छैन ।

पहिरोको उच्च जोखिम रहेको स्थानमा डोजरले सडक काटेपछि समस्या झन् बढेको भन्दै बिकले भने, “डोजरले जमिन हल्लाएकोले पहिरोको जोखिम झन् बढेको छ ।”

यो वर्ष जमिनमा पहिलेको भन्दै ठूलो चिरा परेका छन् । चिरा परेको जमिनमा जतिबेला पनि पहिरो जान सक्ने चिन्ता स्थानीयलाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal