आज :

जेलभित्रैबाट सुदर्शनको नयाँ कृति, विप्लव भन्छन्-पुस्तक जन्माउन नख्खु कारागार सुडेनी बन्यो 

काठमाडौँ । सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ नामक कृति बजारमा आएको छ । जेलभित्रैबाट तयार गरेको पुस्तक हालै बजारमा आएको छ ।

नेता सुदर्शनलाई राजद्रोह, बम विस्फोट, हातहतियार, आगजनी, संगठीतअपराधलगायतका आधा दर्जन बढि झुट्टा मुद्दा लगाएर नख्खु कारागारमा बनाइएको सुदर्शनको नयाँ पुस्तक तयार गरेका हुन् । जेल बसिरहेकै अवधीमा कैयौ महत्वपुर्ण दर्शन सम्बन्धी आलेखहरु तयार पारेका छन् भने कैयौ आलेखहरु जेल बाहीर हुँदा नै तयार पारिएका हुन् ।

पुस्तकमा मन्तव्य लेख्दै विप्लवले क्रान्तिलाई बुझन बुझाउन र गोलबन्द गर्न पुस्तकले मद्दत पुग्ने विश्वास ब्यक्त गरेका छन् । सामाजिक दलाल पुँजीवादी सरकारले सुदर्शनलाई बन्दी बनाएर क्रान्तिबाट अलग गर्न खोजेपनि नख्खु कारागारले उक्त पुस्तक जन्माउन सुडेनीको काम गरेको भन्दै महासचिव विप्लवले पुस्तकले विचारधारात्मकरुपले क्रान्तिलाई थप शक्ति दिने विश्वास समेत ब्यक्त गरेका छन् ।

क्रान्ति सम्भव छ छैन भन्ने कुरा सारमा विश्व दृष्टिकोणसग जोडिएको बिषय भएको भन्दै विप्लवले प्रचण्ड-बाबुरामहरुमा पैदा भएको संशोधनवाद आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध आफुहरुले विजय हासिल गर्न सकेको बेलामा उक्त दार्शनिक पुस्तकले दृष्टिकोण निर्माणमा निकै सहयोग पुग्ने विश्वास लिएका छन् ।

”सुदर्शनले जसरी एकिकृत जनक्रान्तिमा जीवन समर्पित गर्नुभएको छ, त्यसरी नै क्रान्तिलाई उर्जा दिने पुस्तक आन्दोलनलाई दिनुभएको छ । हाम्रा युवा पुस्ताले यसबाट प्रशस्त ज्ञान प्राप्त गर्न सक्नेछन्” विप्लवले लेखेका छन् ।

त्यस्तै नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले पनि मन्तव्य लेखेका छन् । उनले कालकोठरीमा थुनेपनि क्रान्तिप्रतिको निष्ठा, त्याग, रुपान्तरणको सपना र बौद्धिक तथा दार्शनिक ऊर्जालाई थुनछेक गर्न नसकिने बताएका छन् । ”वर्गदुश्मनहरुले सुदर्शनलाई कालकोठरीमा थुनेपनि उहाँमा विद्यमान क्रान्तिप्रतिको निष्ठा, त्याग, रुपान्तरणको सपना र बौद्धिक तथा दार्शनकि उर्जालाई कहिल्यै थुनछेक गर्नसक्ने छैनन्” वैद्यले लेखेका छन् ।

वैद्यले जब विश्व दृष्टिकोणको समस्या समाधानका निम्ति कार्यक्रम र कार्यदिशातर्फ जानुपर्नेबेला आफुहरुबीच एकरुपता पैदा हुन नसक्नु दुःखदायी विषय भएको समेत बताएका छन् ।

लेखक सुर्दशनले आफ्ना रचनाहरुमा विश्वदृष्टिकोणको विषय केन्द्रीत भएको र प्रतिक्रान्तिको उपचार, मालेमावादको रक्षा विकास र विश्वदृष्टिकोणको समस्या समाधान ब्यवहारमा जादा कार्यदिशा र कार्यक्रममा अभिब्यक्त हुनुपर्ने भन्दै आफ्नो रचनासंग्रह सामुहिक श्रमको ब्यक्तिगत अभिब्यक्ति भएको बताएका छन् ।

मार्क्सवादी दर्शनशास्त्र तथा सौन्दर्यशास्त्र अध्येता तथा चिन्तक सुदर्शनमा दार्शनिक, बैचारिक, राजनीतिक, साँस्कृतिक र साहित्यिक क्षेत्रमा गहिरो दख्खल समेत रहेको छ ।

पुस्तक रातो खबर प्रकाशन गृहले प्रकाशित गरेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal