News Portal

  • अर्घाखाँचीमा जीप दुर्घटना, दशैंको टीका थाप्‍न हिडेका ३ जनाको मृत्यु, ६ घाइते 

    १८१ पटक

    काठमाडौं । दशैंको टीका अघिल्लो दिन अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । सन्धीखर्क–६ मा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार कृष्णनगरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटनामा परी अन्य ६ जना घाइते छन् । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    जीप चालकले ‘ब्रेक फेल’ हुँदा घटना भएको बताएको भएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मृतकको सनाखत हुन नसकेपनि दशैंको टीपका थाप्न घर जाँदै गरेको दुर्घटनामा परेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्