आज :

राष्ट्रपति सीको नेपाल भ्रमणको मुखमा काठमाडौंमै चिनियाँ नागरिकमाथि आक्रमण

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा गस्ती बढिरहेको बेला काठमाडौँमै एक जना चिनियाँ नागरिकमाथि आक्रमण भएको छ । त्यो गम्बा परिसरभित्रै ।

केही दिनअघि काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुपामा शान्तिपूजामा सहभागी भएका चिनियाँ नागरिक धुजेनमाथि सांघातिक आक्रमण भएको हो । एक समूहले गम्बाका प्रमुख चिनियाँ लामा परपूज्य धर्मगुरु रिन्पोछे भपती बज्र लामासहित धुजेनमाथि एक समूहले आक्रमण गरेको थियो । धुजेन लामो समयदेखि नेपालमा विभिन्‍न सेवाको क्षेत्रमा सक्रिय समेत छन् ।

सोही समूहले बौद्ध निवासी रोशनी लामामाथि पनि आक्रमण गरेको थियो । उनी हालसम्म उपचाररत छन् ।

शान्तिपूजामा सहभागीमाथि आक्रमण गरेको समूहले शान्ति पूजा नै तोडफोड गरेको भन्दै बौद्धमागीहरुले विरोध गर्दै आएका छन् । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाईमा आएको समूहले गाली गलौज गर्नुको साथै ढुंगा मुढा, रडले आक्रमण गर गर्नुको साथै एसीड प्रहार समेत गरिएको बौद्ध तथा घ्याङ गुठीसहित ३० वटा संघ संस्थाहरुले विरोध गर्दै आएका छन् ।

राष्ट्रपतिको भ्रमणको तयारीमा रहेको नेपालस्थित चिनियाँ दूताबासले घटनाबारे देखाएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै दुईजनालाई पक्राउ गरेको थियो । तर, सत्तारुढ (नेकपा)कै सांसद र बौद्धका वडाअध्यक्षले दोषीलाई बचाएका थिए । थप अनुसन्धानको तयारीमा रहेको बौद्ध प्रहरीमै पुगेर (नेकपा)का सांसद कृष्ण राईले जिम्मा लिएर दोषीलाई बचाएको पीडितले बताएका छन् । आक्रमण गर्नेमाथि कारवाहीको साथै भएको क्षतिको लागि ३० वटा संस्थाको अगुवाईमा आन्दोलन जारी रहेकै बेला राईले प्रहरी कार्यालयमै पुगेर दोषीलाई जिम्मा लिएर गएको पीडितले बताएका छन् ।

राष्ट्रपति सीको भ्रमणको मुखमा घटना भएकोले दूतावसले चाँसो देखाएको थियो । त्यसपछि सरकारले छानविन समिति गठन गरेपनि त्यसले काम नगरेको पीडितहरुको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal