News Portal

  • वरिष्ठ पत्रकार आचार्यको निधन 

    २९३ पटक

    काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । उपचारको क्रममा शनिबार राति आचार्यको निधन भएको छ ।

    लामो समयदेखि कलेजो रोगबाट पीडित आचार्यको  ६१ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    न्यूज २४ टेलिभिजनका समाचार प्रमुख समेत रहेका आचार्यले २०४४ सालबाट पत्रकारिता सुरु गरेका थिए ।

    नेपाल टेलिभिजनको महाप्रबन्ध समेत भइसकेका आचार्य लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापनसमेत गराएका थिए ।

    केही अगाडि मात्र आचार्यका छोराको अमेरिकामा निधन भएको थियो । उनका अब एक छोरी, श्रीमती र आमा छन् ।

    प्रतिकृया दिनुहोस्