आज :

दशैंको मुखैमा सवारी दुर्घटना महिलाको मृत्यु

काठमाडौं । आज बिहान ६ः३० बजे हेटौंडा उपमहानगरपालिका-१ चाइनागेट नजिक सवारी दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१ बस्ने ३५ वर्षिय सीता न्यौपाने रहेकी छिन् । हेटौंडा-११ बाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नं.को तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सीताको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षिय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौंडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् ।

ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका-१ त्रिखण्डी बस्ने २४ वर्षिय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal