आज :

५ देशबीचको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा

काठमाडौं । ५ राष्ट्र सम्मिलित टी-ट्वेन्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगेको छ ।

सिंगापुरमा त्रिकोणात्मक टि-ट्वेन्टी सिरिज सकाएर नेपाली टोली गएराति १० बजे श्रीलंका हुँदै ओमान पुगेको हो । ५ देशबीचको सिरिज ओमानमा भोलिदेखि सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेल पर्सि हङकङविरुद्ध खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदै छन् ।

यही असोज २३ गतेसम्म सो शृंखला चल्नेछ । युएईमा आयोजना हुने आईसीसी टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले यी राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal