
काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ ।
नेकपाले कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका संसदलाई ल्याउने योजना गरेको छ । नेकपाले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख बनाउने तयारी गरेको छ ।
‘सभामुख पद छोड्ने कुरै आउँदैन’ सांसद रामनाथ बिडारीले भने,‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिए पनि सभामुख भने नेकपाले छोड्दैन ।’