आज :

टीकाको भोलिपल्ट कर्मचारीलाई काममा फर्कन निर्देशन

काठमाडौं । कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट काममा फर्कन निर्देशन दिएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई परिपपत्र गर्दै माहतहतका कर्मचारीलाई ‘स्ट्याण्डबाइ’ राख्न निर्देशित गरेको हो । दशैंमा घर जाने कर्मचारीलाई टिकाको पर्सी पल्ट अर्थात द्वादशीको दिन कार्यालयमा हाजिर हुन भनिएको छ ।

कर्मचारीलाई यसअघि दशैंमा द्वादशीसम्म बिदा हुन्थ्यो । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

त्यसको लागि सरकारले आवश्यक तयारीमा जुटेको छ । राष्ट्रपति सीको भ्रमणकै लागि अहिले काठमाडौंका सडक मर्मत तथा सरसफाई भइरहेको छ । कतिपय स्थानमा सडक रातरात कालोपत्रे गरिएको छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपतिको दुई दशकपछि हुन लागेको भ्रमणलाईे नेपालले महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal