आज :

४१ हजार नगदसहित ४ जना जुवाडे पक्राउ

काठमाडौं । जुवातास खेलीरहेको अवस्थामा प्रहरीले पोखराबाट ४ जना जुवाडेलाई रंगेहात समातेकोे छ ।

पोखरा महानगरपालिका ३१ लामास्वाँरास्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४१ हजार ५ सय ३५ रुपैयाँ नगद र ४ बुक ताससहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा ३१ लामास्वाँराका २६ वर्षिय सुमन रानामगर, ३१ वर्षिय विकाश नेपाली, २४ वर्षिय संगम रानामगर र ४६ वर्षिय कोहरी थापामगर रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पक्राउ परेकाहरुलाई लिएर प्रहरीले अनुसन्धान थालिएसको तथा कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal