आज :

आतंक मच्चाउने चितुवा खोरमा, सर्वसाधारणमा खुसियाली

काठमाडौं । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा आएको छ ।

भानु नगरपालिका-२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।

चितुवा नियन्त्रणका लागि भानु नगरपालिका-२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

उनका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । ‘लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ,’ उनले भने, ‘नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौं ।’
बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको बताए ।

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो । विसं २०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षिय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका-४ जोखानेका ४ वर्षिय रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका-२ ढल्केवरका १० वर्षिय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका-२ भकुण्डथोक का ९ वर्षिय पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal