News Portal

  • आजदेखि नेपाल-भारत सीमा बन्द

    ४३४ पटक

    बैतडी । नेपाल-भारत सीमा झुलाघाट नाका बिहीबारदेखि ३ दिनका लागि बन्द गरिने भएको छ ।

    भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख ९ असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावका लागि बन्द गरिने भएको हो ।

    चुनावको लागि सुरक्षा संवेदनशिलताको कारण झुलाघाट सीमा नाका बिहीबार साँझ सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजे सम्म तीन दिन सिमा बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

    यसरी चाडपर्वको बेला सीमा नाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्