
हेटौंडा । ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । ट्याक्टर पल्टिँदा उपमहानगरपालिका वडा नं.९ का १८ वर्षिय शौरव दर्लामी मगरको मृत्यु भएको हो ।
भैरवडाँडाबाट हेडौंडा बजारतर्फ आउँदै गरेको ना ६ त ४५३७ नं.को ट्याक्टर भैरवडाँडामै पल्टिएको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित हुँदा पल्टिन पुगेको बताइएको छ ।