News Portal

  • फेटामा भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

    २१७ पटक

    बारा । फेटा गाउँपालिकामा मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ को जनाको मृत्यु भएको छ ।

    बारास्थित जोगा मुखिया बिनको मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा उनका भाइ बुहारीसहित परिवारका ५ जना डुबेका हुन् ।

    खाल्डोमा डुबेर मदिरा भट्टी संचालक ४० बिनसहित, १२ वर्षिय छोरी सुमनकुमारी, भाइ ३५ वर्षिय महेन्द्र मुखिया, भाइबुहारी ३० वर्षिय लालमुनी देवी र ५० वर्षिय एक भारतीय नागरिकको मृत्यु भएको हो ।

    भारतीय नागरिक लालमुनी देवीको मृत्यु भएको छ । उनीहरु बुधबार बेलुकी ८ बजे भट्टीको खाल्डोमा डुबेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्