आज :

नेपाली क्रिकेट टोली ओमानतर्फ

काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरबाट ओमान जाँदैछ ।

जारी त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट सिरिजमा आफ्नो खेल सकाएर नेपाली टोली आज ओमानको मस्कट जान लागेको हो ।

त्रिकोणात्मक शृंखलाअन्तर्गत हिजो नेपाल र सिंगापुरबीचको खेल वर्षाले रद्द भएपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको हो । सिंगापुरको शृंखला सकाएर सिधै ओमान जान लागेको हो ।

ओमान क्रिकेटले आयोजना गर्ने पाँच राष्ट्रबीचको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी छन् ।

यही असोज १८ देखि २३ सम्म शृंखला चल्नेछ । नेपालले पहिलो खेल असोज १९ गते हङकङविरुद्ध खेल्नेछ । युएईमा आयोजना हुने आईसीसी टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो ।
नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal