आज :

विद्यालय पुनर्निर्माणका लागि नर्वेले ८० लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने

काठमाडौं । नर्वेले नेपालको विद्यालय पुन : निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

काठमाडौंमा बुधबार राष्ट्रिय पुन : निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पुर्याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सहायता उपलब्ध गराइएको समझदारी पत्रमा उल्लेख गरिएको छ ।

परियोजना अन्तर्गत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १-१ वटा विद्यालय पुनर्निर्माण हुनेछ । अपांगमैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियम राजदुत लास्से जोर्न जोहानेसे र युएनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गरेका छन् । २ वर्ष भित्र परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुनर्निर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal