
काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेको छ ।
मानवरहित विमान (ड्रोन) कारबाहीमा परी ५ जना लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको २ ओटा क्षेप्यस्त्र प्रहारमा परी आइएसका ५ जना आतङ्ककारी मारिएका हुन् ।
कारबाहीको विषयमा आईएस लडाकू समूहले हालसम्म कुनै पनि टिप्पणी गरेको छैन ।