News Portal

  • घुस रकमसहित सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

    २२२ पटक

    काठमाडौं । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

    जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ उनलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्