आज :

रोकिराखेको टिपर पल्टीदा १ को मृत्यु, ३ जना घाइते

सल्यान । रोकिराखेको टिपर पल्टेर एक जनाको मृत्यु भएको छ भने घटनामा ३ जना घाइते भएका छन् ।

शारदा नगरपालिकाको कार्यालय खलंगा नजिकै सल्यान सुर्खेत सडकको कालोपत्रेमा बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नं.को टिपर रोकिराखेको अवस्थामा पल्टिएको हो ।

रोकेको टिपर आफैँ चलेर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षिय रामकली विकको घटनास्थलमै ज्यान गएको छ ।

घाइते हुनेमा सडकमा काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षिय मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । टिपर सडकमा बालुवा झार्ने काममा प्रयोग भएको थियो । टिपर रोक्ने र कामदारले बालुवा झार्ने काम गर्थे । सोही क्रममा चालक टिपरबाट झरेको बेला टिपर ब्याक भएर पल्टिएको हो ।

रामकली विक पानी पिउन भनेर टिपरको झ्याल खोलेर भित्र बोतल खोज्दा गाडीको ब्रेक छोइएर गाडी ब्याक भएको थियो । गाडी ब्याक भएर सडक तल खसेर उनले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।  बालुवा निकाल्ने अन्य ३ जना भने पछाडि भएकाले उनीहरु घाइते मात्र भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal