News Portal

बोलेरो दुर्घटना हुँदा १७ जना घाइते

२४७ पटक

काभ्रे । कुण्डेबेशीबाट तिमालबेशीतर्फ जादै गरेको बा २० च ९०४२ नं.को बलेरो नमोबुद्ध नगरपालिका वडा नंं.४ मा दुर्घटना भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । बलेरोमा चालकसहित १७ जना सवार थिए । घाइते मध्ये ७ जनाको स्थानीय मेथिनकोट अस्पतालमा उपचार भएको छ । ९ जनालाई धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा काभ्रे नमोबुद्ध- ४ का ५६ वर्षिय भक्तबहादुर श्रेष्ठ, रोशी गा.पा.७ का ३७ वर्षिय चन्द्रकुमार तामाङ, त्यही ठाउँका २० वर्षिय राजकुमार तामाङ, ५८ वर्षिय माइला तामाङ, ३८ वर्षिय अजय तामाङ, ३२ वर्षिय कर्णबहादुर तामाङ, १९ वर्षिय ग्यल्साङ तामाङ, १९ वर्षिय दुर्गाबहादुर तामाङ, २४ वर्षिय संग्राम तामाङ र ४५ वर्षिय वीरसिंह तामाङ घाइते भएका छन् ।

त्यस्तै दुर्घटनामा ३४ वर्षिय दुधमान तामाङ, ३६ वर्षिय माइला तामाङ, ४२ वर्षिय कान्छा तामाङ, वर्ष ४७ वर्षिय सन्चमान तामाङ, १४ वर्षिय विकास तामाङ, र नमोबुद्धकै ५१ वर्षिय लोकबहादुर श्रेष्ठ घाइते रहेका छन् । गाडीका चालक नमोबुद्ध नगरपालिका वडा नं. २ का २२ वर्षिय रामकुमार श्रेष्ठलाई भने सामान्य चोट लागेको छ ।

प्रतिकृया दिनुहोस्