आज :

दलाल व्यवस्थाले जनताको सेवा गर्दैनः भण्डारी

काठमाडौँ । वरिष्ठ अभिवक्ता एकराज भण्डारीले सरकार संविधानमा भएको व्यवस्थाको विरुद्धमा गएको बताएका छन् । उनले संविधानमा विचार र राजनीतिक, मानवअधिकार तथा प्रेस स्वातन्त्रको ग्यारेण्टी गरिएको तर सरकार त्यसविरुद्ध गएको बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सरकारी रवैयाले ‘ठूलालाई ऐन र सानालाई चैन’ उखान चरित्रार्थ भएको बताउँदै भण्डारीले भने, “संविधानमै विचार र राजनीतिक स्वतन्त्रता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । तर, सरकार यसलाई कुल्चदै अगाडि बढिरहेको छ । सानालाई ऐन र ठूलालाई चैन भन्ने नेपाली उखानअनुसारै सरकार अगाडि बढिरहेको छ ।”

भण्डारीले अहिलेको व्यवस्थामा दलालकै हालिमुहाली भएको बताए । उनले दलाल व्यवस्थाले जनताको सेवा गर्ने कुराको कल्पना गर्न प नि नसकिने बताए ।
एक अर्को प्रसंगमा भण्डारीले सभामुख कृष्णबहादुर महरालाई लागेको आरोप कुनै सामान्य नागरिकलाई लागेको भए सिरासतमा पुग्ने बताए । “महराजीको ठाउँमा सामान्य व्यक्ति भएको भए हिरासतमा लगेर अनुसन्धान हुन्थ्यो तर घटनामा पनि ठूला र सानालाई फरक फरक कानुनी दायरा भन्ने देखियो । यसबाट सरकारकै चरित्र उदांगो भएको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal