आज :

निरङ्‍कुशताविरुद्ध सडकमा जाने बेला आयोः नागरिक अगुवा

काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सत्ताको विरुद्धमा सडकमा जाने वेला आएको उद्घोष गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले दुइतिहाईको बलमा आफैले बनाएको कानून कुल्चदै अगाडि बढेको आरोप लागाउँदै त्यसलाई अनुशासन सिकाउनु पर्ने धारणा राखेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आयोजना ‘राजनीतिक अधिकार र वर्तमान पे्रसको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा डा.सुन्दरमाणि दीक्षितले नेपालली धर्तिमा बारम्बार राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको आन्दोलन गरेर नयाँ व्याक्तिहरुलाई स्थापित गरे पनि सबै उस्तै निरङ्कुश भएको धारणा व्यक्त गरे ।

डा..दीक्षितले वर्तमान सरकार एउटा ठूलो बलिदान र संघर्षबाट आएपनि उसको चालामाला पनि विगतभन्दा फरक नभएकोले यसविरुद्ध पनि सडकमा जाने बताउँदै उनले प्रश्न गरे,“एउटा राजनीतिक सक्तिलाई प्रतिबन्ध लाउने धमाधम नागरिक प्रतिनिधिहरुलाई मण्डले पारमा सांघातिक हमला हुँदा पनि चुप लाग्ने, उल्टै पीडितलाई कस्टडीमा हुल्ने के यो लोकतन्त्र हो ।” अगुवा दीक्षितले वर्तमान सरकार बास्तवमै प्रतिगमनको बाटोमा हिडेको आरोप लागाउँदै त्यसको पहिलो निशानामा प्रेस परेको प्रसंग कोट्यउँदै भने,“फेरि हिजोकै जस्तो बालुवाटार सिंहदरबारबाट बर्बर अवस्था आउन थालेकोले पत्रकारहरुपनि आन्दोलित हुनुपर्छ, जे गर्नुछ बेलैमा गर्नुस नत्र भोलि प्रेस सकिए सबै सकिन्छ ।” एक प्रसंगमा दिक्षितले कुकर कराउँदापनि बालुवाटारमा बस्नेहरु राजा आयो, राजा आयो भन्दै बर्बराउन थालेको पनि बताए ।

 

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधानमै विचार र राजनीतिक स्वतन्त्रता, मानवअकिार तथा प्रेस स्वतन्त्रता उल्लेख भएको भएपनि वर्तमान सरकारले ठूला लाई ऐन सानालाई चैन उखान जास्तै भएको धारणा राखे । भण्डारीले यो दलाल व्यवस्था जनताको लागि नभएकोले अब जनता फेरि सचेत हुनुपर्ने भन्दै, भने “यदि महराजीको ठाउँमा त्यत्रो काण्ड हुँदा सामान्य मान्छे भए हिरासतमा लिएर छानबीन हुनु पर्ने तर भएन यसैबाट सरकारको चरित्र उदाङ्गो भएको छ ।”

त्यसैगरी प्राध्यापक डा.सुरेन्द्र केसीले आफूहरुले राज्यको तर्फबाट भएका गलत कार्यहरुको विरोध गर्दा आफूहरुलाई प्रतिगामीको आरोप लगाइएकोप्रति कडा प्रतिबाद गर्दै भने,“र्दुइतिहाईको आडमा वाईडबडी, बालुवाटार जग्गा, सुन काण्ड, सिण्डिकेट, निर्मला प्रकरण, अब महरा स्क्याक्याण्डल रफादफा गर्ने, अनि यसको छानबिन गर भन्नेलाई प्रतिगामी कतिसम्म हाँसो उठ्ने कुरा,कस्ले पत्याउँछ यिनका कुरा ।”

डा.केसीले वर्तमान सरकार लोकतन्त्रको गुनगान गाउन सिपालु भएपनि लोकतान्त्रिक आचरण अनुसारको व्यवहार नभएको र सच्याउनको लागि आफुहरुले निरन्तर विरोध गर्दै आएको र भोलि पनि यसलाई निरन्तरता दिने बताए । उनले अगाडी भने,“हामीलाई कहिले प्रतिगामी, कहिले दरबारीय यी वेबकुफ ल्वाँठहरुले के बुझे हुन्छ भने हामीलाई केही नपुग्दो छैन, अलि उच्च पदप्रति आकर्षण थियो, त्यो पनि सभामुख कृष्ण महरा प्रकरणले तुहाइदियो । राज्यबाट भएका गलत कामहरुको विरोध गर्दा ज्ञानेन्द्र शाहीहरुले कुटाइ खाएको प्रशंगमा डा.केसीले अब कष्टडीमा जाने पालो आफुहरुको आएको आशंका व्यक्त गरे ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले लोकतान्त्रिक आन्दोलनकाक्रममा भागेर थानकोट पुगेका नेताहरुलाई पत्रकारले काठमाडौं फर्काएको विगतको इतिहास स्मरण गर्न सत्ताशीनलाई आग्रह गरे । थापाले त्यसरी मिडियाले लोतन्त्रको लागि संघर्ष गरेको भएपनि आज तिनै नेताले मिडियामाथी नै अंकुश लगाउन थालेको भन्दै पत्रकार महासंघ कुनैपनि हालतमा निरंकुसताको विरुद्ध लडन नछोडने धारणा राखे ।

नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा प्रभात चलाउनेले पनि समाजमा मिडियाको विकास ठूलो शक्तिकोरुपमा भएकोले शासकहरुले यसमार्फत जनताले तिनका कर्तुत उजागर गरिदिएकोले मिडयाविरोधी विधेयक ल्याउन थालेको दावी गरे । डार्विनको क्रमिक विकासको सिद्धान्त भन्दा हालको मिडिया छलाङमय गतीमा बढेकोले क्रमिक विकासमा मात्र विश्वास गर्ने शासकहरुले जनताको चेतना दवाएर राख्न खोजेको दावी गरे ।

कार्यक्रम क्रान्तिकारी पत्रकार संगठनका महासचिव बाबुराम भुसालको अध्यक्षता तथा पत्रकार धनन्जय बुढाको संचालनमा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal