आज :

सांसद चौधरीलाई मंचबाट घचेटेर लडाएपछि कार्यक्रममै हात हालाहाल

सप्तरी । नेपाली कांग्रेसले सप्तरीमा मंगलबार आयोजना गरेको जागरण कार्यक्रममा कुटाकुट भएको छ ।

जिल्ला सभापति दिनेश यादव पक्षले क्षेत्र नं.४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई मंचबाट घचेटेर लडाई दिएका छन् । उनलाई मंचबाट धकेलेर लडाएपछि कार्यक्रममा हात हालाहाल भएको थियो ।

मंचबाट घचेटेर लडाएपछि उनको समूहले सभापति यादवविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरे । कार्यक्रममा नगर र गाउँपालिकाका पदाधिकारीपछि आसन ग्रहण गराइएको थियो । सांसद चौधरीले जिल्लामा आफू कांग्रेसमा निर्वाचित एक मात्र सांसद भए पनि आसन ग्रहणमा अपमान गरेको भन्दै सभापति यादवप्रति आक्रोश व्यक्त गरे ।

त्यसपछि सांसद चौधरी र सभापति यादव पक्षबीच कार्यक्रममा भनाभन र हात हालाहाल भएको हो । घटनापछि आक्रोशित सांसद चौधरीसहित पूर्व सभासद रञ्जित कर्ण र रामदेव साहसहितका नेताहरुले सभापति यादवविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरे ।

कार्यक्रम बहिष्कार गरेर नेता चोकमा विरोधसभासमेत भयो । सांसद चौधरीले मंचमा आफूमाथि भएको दुव्र्यवहारप्रति आक्रोस व्यक्त गर्दै सभापति यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय समिति समक्ष माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal