आज :

अमेरिकी राजदूतावास नजिक रकेट आक्रमण

काठमाडौं । बगदादस्थित अमेरिकी राजदूतावास नजिकै दुई वटा रकेट आक्रमण भएको छ ।

आक्रमण कसले र किन गराएको भन्ने खुलेको छैन । अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन ।

दूतावास रहेको स्थान ग्रिनजोनमै उक्त हमला भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार दूतावासको भवनबाट एक माइलभन्दा पनि थोरै दूरीमा रकेट खसालिएको छ ।

घटनामा कोही पनि घाइते भएका छैनन् । १ सय एमएमका दुई रकेट मध्यरातमा आक्रमण गरिएको हो । इराकमा अमेरिकी दूतावास भएको ठाउँलाई अति उच्च सुरक्षित क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal