आज :

नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार 

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार परेका छन् । प्रहरीले विश्वकर्मालाई सोमबार दिउँसो गिरफ्तार गरेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।

नेकपाले बिकको गिरफ्तारबारे औपचारिक रुपमा केही नबताएपनि गिरफ्तार गरेर बेपत्ता पारेको बताउँदै सार्वजनिकको लागि मानव अधिकार, स‌ंचारमाध्यमहरुसँग आग्रह गरेको छ ।

पूर्वमन्त्री समेत रहेका बिकले प्रहरीले माइला लामालाई गिरफ्तार गरेपछि उपत्यकाको जिम्मेवारी समालेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal