आज :

घुस लिने प्रहरी र नापी सर्वेक्षक अख्तियारको फन्दामा

काठमाडौं । घुस लिने प्रहरी र नापी सर्वेक्षक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक बिपिन चन्द्र पन्तले सवारी दुर्घटनापछि सहमति गराउने क्रममा ५ हजार रुपैयाँ घुस लिइहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनी थलीकै साथीभाई रेष्टुरेन्टबाट पक्राउ परेका हुन् । नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशी ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग नजिकैको एक होटलबाट ८ हजार घुस लिँदालिँदै पक्राउ परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal