
सिन्धुली । सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।
काठमाडौंतर्फ यात्रु लिएर आउदै गरेको बा ३ ख ९६८४ नं.को बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका-६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको छ । केहीलाई थप उपचारका लागि धुलिखेल ल्याइएको प्रहरीको भनाई छ ।