आज :

दोषीलाई कार्वाही गर्ने सरकारी प्रतिवद्धतासहित हट्यो संसद अवरोध

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ ।

दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गर्दै आएको प्रतिनिधिसभा बैठकको अवरोध हटेको हो ।

संसद बैठक शुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नलाई करबाही गर्न सरकारी प्रतिवद्धता मागेका थिए । उनले किटानी जाहेरी दिएको ४ दिन हुँदा पनि कारबाही नभएकोमा ध्यानाकर्षण गराए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही छानविन होस्, दोषीहरुमाथि कारबाही होस् । हामी सरकारको जवाफ चाहन्छौं ।’ लगत्तै कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता दोहोर्याउँदै गृहमन्त्री स्वयंले पनि यसबारे प्रष्ट गरिसकेको बताए ।

उनले शीर्ष नेताहरुबीचको बैठकमा प्रधानमन्त्री केपी ओलीले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको पनि उल्लेख गरे । दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास दिदै गल्ती नगरेका नफस्ने र गल्ती गरेरकाहरु नउम्कने दावी गरे ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खजुरा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

उक्त घटनामा सोही गाउँपालिका वडा नं.१ का वडाध्यक्ष सुमन मल्लको हात रहेको भन्दै भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ भने संसद पनि अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal