
काभ्रे । फेदीमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।
अविरल वर्षासँगै बुधबार बिहान आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीमा टेक बहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटनामा उनका चार वर्षे छोरा सजन लामाको मृत्यु भएको छ । पहिरो आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको बताइएको छ ।