आज :

नेपाल एयरलाइन्सलाई रणनीतिक साझेदारसहित २ एयर बस थप्न सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन बनाएको पाँच सदस्यीय कार्यदलले नाफा हुने क्षेत्रमा उडान भर्नका लागि अझै २ ठूला जहाज किन्न सुझाव दिएको छ ।

समितिका संयोजक पूर्वसचिव सुशील घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बुधबार आफ्नो प्रतिवेदन बुझाउने क्रममा दुई ठूला एयर बस भित्र्याउन सुझाव दिएका हुन् ।

समितिले प्रतिवेदन बुझाउँदै आर्थिक रुपमा जर्जर रहेको निगमलाई सुधार गरेर अघि बढाउन रणनीतिक साझेदार भित्र्याउन पनि सुझाव दिएको छ ।

‘अष्ट्रेलियाको सिड्नी लगायतका क्षेत्रमा नाफा हुने क्षेत्रमा उडान थप्नको लागि दुईवटा एयरबस ३२० ल्याउनु पर्ने जरुरी छ’, समितिले सरकारलाई दिएको सुझावमा भनिएको छ, ‘जहाज किन्न धेरै समस्या छ । दुई किसिमका जहाज राख्नु हुँदैन । कम्तीमा आठ नौ वटा एउटै किसिमका जहाज निगमले ल्याउनुपर्छ ।’ निगमलाई बलियो बनाउन जहाज किन्नुअघि खरिद ‘नेगोसियसन’ का विशेष टोली बनाउनु पर्ने सुझाव समितिले दिएको छ ।

नेकपा नेता भट्टराई पर्यटन मन्त्री भएपछि गत साउन २२ गते वायु सेवा निगम सुधार समिति गठन गरेका थिए । निगमसँग अहिले ट्वीनअट्टर, एयरबस, वाइ १२, एम ६० सहित नौ वटा जहाज छ ।

निगमको वाइड बडी लामो दुरीको उडान टुंगो नलागेकाले भारत र खाडी मुलुकमा मात्रै उडान भरिरहेको छ । निगमको एयर बसले लामो दुरीको रुट अन्तर्गत जापानमा साताको दुई उडान भरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal