आज :

शान्ति वार्ता गर्न अफगानिस्तान तयार

काठमाडौं । अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ ।

अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले वार्तामार्फत् अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने वातावरण तयार पारे उसलाई समेत फाइदा पुग्ने बताएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वार्ता निरन्तर चलिरहेका बेला राष्ट्रपति ट्रम्पकै कारण वातावरण बिथोलिएको अफगानिस्तानले आरोप लगाउँदै आएको छ । वार्ताको वातावरण बन्दै गएपछि ट्रम्पले अफगानिस्तनका राष्ट्रपति असरफ घानीलाई सेप्टेम्बर ८ मा भेट्न चाहेको समाचार बाहिरीएका थिए ।

तर सेप्टेम्बर ६ मा राजधानी काबुलमा तालिवानीको आक्रमाणबाट एक अमेरिकी सैनिकसहित १२ जनाको मत्यु भएपछि वार्ताको वातावरण बिथोलिएको हो ।

लगत्तै अमेरिकी विदेश सचिव माइक पोम्पेओले तालिवानी आक्रमणको भत्र्सना गर्दै अफगानिस्तान शान्ति वार्ताप्रति इमान्दार नभएको आरोप लगाए ।
तर अफगानी वार्ता टोली नेता अब्बासले तालिवानी लडाकूहरुले गलत नगरेको भन्दै आक्रमणको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal