आज :

पहिरोले अरनिको राजमार्गमा यातायात ठप्प

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरोले यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका-१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुना साथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए । अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ-ठाउँमा क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ-ठाउँमा पहिरोले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।

उता रोशी गाउँपालिका अन्तर्गत बिपी राजमार्गको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ ।

नमोबुद्ध नगरपालिका-५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal