News Portal

  • अखिल क्रान्तिकारीकी अध्यक्ष शारदा रिहा 

    ११४७ पटक

    काठमाडौं । अखिल (क्रान्तिकारी) नवलपरासी अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष भण्डारी सर्वोच्च अदालतको आदेशमा रिहा भएकी हुन् ।

    संगठनको काममा रहेकी भण्डारीलाई प्रहरीले ७१ दिन पहिला गिरफ्तार गरेको थियो । गैरन्यायीक ढ‌ंगले गिरफ्तार गरेर हिरसातमा राखेको भन्दै परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    प्रहरीले चन्द असुली, बिस्फोट, संगठित अपराध, राजद्रोहजस्तो लगाएका आरोप पुष्टी नभएको भन्दै सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो ।

    रिहा पछि अध्यक्ष भण्डारीले संगठनका काममा पुनः लाग्ने बताएकी छन् ।

     

    प्रतिकृया दिनुहोस्