आज :

कांग्रेसद्वारा ‘बेल’ घेराउ, संसद बैठक अवरुद्ध

बाँके । खजुरामा गएको बिहीबार भएको घटनाको विषयलाई लिएर सोमबार संसदमा सत्तापक्ष र प्रतिपक्ष दलबीच तनाव सिर्जना भएको छ ।

तनावपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आउँदो असोज १ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरामा यही भदौ २६ गते भएको घटनामा संलग्नमाथि कारबाहीका लागि दिएको जाहेरी दर्ता भएकाले सदन सुचारु गर्न तयार रहेको बताएकी थिइन् ।

तर, उनी बोलेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दलाल रोकायाले घटनालाई लिएर कसैमाथि कारबाही भए त्यो सह्य नहुने चेतावनी दिए । उनको सो चेतावनीसँगै कांग्रेस सांसदहरु आक्रोशित हुँदै ‘बेल’ घेराउ गरेका थिए ।

प्रतिपक्ष दलका सांसदहरुले लगातार आधा घण्टा नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरे । घटनालाई लिएर कांग्रेसले आइतबार बसेको प्रतिनिधिसभाका दुईओटा बैठक पनि अवरुद्ध गरेको थियो ।

भदौ २६ गते कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको खजुरामा भएको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेपछि कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित केही घाइते भएका थिए । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal