News Portal

  • नेपाल पत्रकार महासंघका सचिवसहित ९ जना पत्रकार गिरफ्तार 

    ८५६ पटक

    काठमाडौं । प्रहरीले नेपाल पत्रकार महासंघका सचिवसहित ९ जना पत्रकारलाई रेडियो नेपालबाट गिरफ्तार गरेको छ ।

    दिपायल प्रशासरण केन्द्रबाट हटाइएका पत्रकारको पुर्नवहालीको लागि सिंहदरबारस्थित रेडियो नेपालको कार्यालय अगाडि धर्नामा बसेका पत्रकारलाई सोमबार दिउँसो प्रहरीले गिरफ्तार गरेको हो ।

    महासंघका सचिव सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन महासचिव अजयबाबु शिवाकाेटी, पत्रकार महासंघ डाेटी शाखा अध्यक्ष याेगेन्द्र बलायर रहेका छन् ।

    त्यसैगरी निस्काशित गरिएका पत्रकार प्रकाश बम, चक्र कुँवर र दिलिप पाैडेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

    सबै जनालाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

    प्रतिकृया दिनुहोस्