आज :

छोराको मृत्युपछि बाबुले पनि गरे आत्महत्या

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप-प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाको गत शनिबार हृदयघातका कारण मृत्यु भएको थियो । ४० वर्षको उमेरमा छोराको मृत्यु भएपछि त्यसलाई सहन गर्न नसकी तिमिल्सिनाका पिता ६५ वर्षिय भिमराजले आत्महत्या गरेका हुन् ।

छोरा कृष्णप्रसादले पाल्पाको नर्सिङ कलेज र मिलेनियम कलेजमासमेत अध्यापन गराउने गर्थे भने तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष थिए । अल्पायुमै छोराको निधन भएपछि कृष्णका पिता भिमराज विक्षिप्त बनेका थिए । तीन दिनकै बीचमा बाबु–छोराकै मृत्यु भएपछि अहिले हेक्लाङ शोकमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal