आज :

बर्नमाउथद्वारा एभर्टन पराजित

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनललाई वाट्फोर्डले २-२ गोलको बराबरीमा रोकेको छ ।

गएराति वाट्फोर्डको मैदानमा लिएको २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँडेको हो । खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले लगातार २ गोल गरेपछि ३२ औं मिनेटमै आर्सनलले २-० को अग्रता लियो ।

तर दोस्रो हाफमा टम क्लेभर्ली र रोबर्टो परेराले एक एक गोल गर्दै वाट्फोर्डलाई बराबरीमा ल्याए । यो बराबरीपछि आर्सनलले प्रिमियर लिगको शीर्ष तीनमा उक्लने अवसर गुमाएको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा बर्नमाउथले एभर्टनलाई ३-१ ले पराजित गरेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा पाँच खेलबाट १५ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा कायम छ ।

दोस्रो स्थानको साविक विजेता म्यान्चेष्टर सिटीको १० अंक छ । टोटनह्याम हट्सपर, म्यान्चेष्टर युनाइटेड, लेस्टर सिटी, चेल्सी र आर्सनलको भने समान ८-८ अंक रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal