आज :

गोदावरी नदीमा डुंगा पल्टियो, ११ जनाको मृत्यु, २० बेपत्ता 

काठमाडौं । गोदावरी नदीमा डुंगा दुर्घटना भएको छ । यो समाचार भारतको हो । भारतको आन्द्र प्रदेशको गोदावरी नदीमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

स्थानीय संचारमाध्यमहरुका अनुसार ६१ यात्रुसहितको डुंगा डुबेको थियो । क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आशंका गरिएको छ । उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ ।

घटनामा थुप्रै यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ । गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् ।

यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal